
काठमाडौं, ११ असोज । सुनचाँदीको भाउमा लगातार गिरावट भईरहेको छ । लगातार दुई दिनमा तोलामा रुपैयाँ २२ सयले घटेको छ । यसदिन सुनमा रुपैयाँ १४ सय तथा चाँदीमा रुपैयाँ १५ ले घटेको हो ।
साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा रुपैयाँ १४ सयले घटेर तोलाको १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १४ सयले घटेर तोलाको १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
स्मरण रहोस् बुधबार सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भई कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा भईरहने फेरबदल, विभिन्न घटनाक्रम तथा आर्थिक मन्दिले पनि भाउमा दिनदिनै फेरबदल भईरहने महासंघले जनाएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




