विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे भाउ

-



     सफल आवाज    
     असाेज १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर तथा यूरोको भाउ घटेको छ । साथै अन्य केहि देशहरुको मुद्राको भाउ पनि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रिदर १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य केही देशहरूको मुद्राको भाउ पनि घटेको छ । यूरो १ को खरिददर १३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ९० पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८५ रुपैयाँ २४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ४२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८७ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३८ पैसा रहेको छ ।

आजको मूल्यसूची