नेप्सेमा ५.१९ अंककाे बृद्धि, १ अर्ब ७३ करोडको कारोबार

- एनआईसी एशिया बैंक कारोबारमा अब्बल

-



     सफल आवाज    
     असाेज १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ असोज । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ । नेप्सेमा आएको सकारात्मक परिवर्तनले लगानीकर्ताको मनोबल बढाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.१९ अंकले बढेर १९७६.२९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.६६ अंकले बढेर ३७८.०६ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा रातो लागेको छ । बाँकी ११० वटामा हरियो लागेको छ । कुल २८६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५७ लाख ७६ हजार ८९६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँ ३२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको सेयर कारोबार भएको छ । बैंकको २१ करोड ६८ लाख ९ हजार १४१ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ५.२९ प्रतिशतले घटेको छ ।