डिजिटल कारोबार गर्ने बेलामा सचेत रहन राष्ट्र बैंककाे अनुराेध

-



     सफल आवाज    
     असाेज १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ असाेज । नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरेर डिजिटल कारोबार गर्ने बेलामा विशेष रुपमा सजग रहन सबैलाई आग्रह गरेको छ ।

बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटलगायतका डिजिटल वित्तीय सेवा ग्राहकका लागि सरल, सहज र सुविधायुक्त भएपनि यसकाे प्रयाेगमा ध्यान पुर्याउन र कसेले गरायन सक्ने वित्तीय नाेक्सानीबाट जाेगिन यस्ताे आग्रह गरेको हो । 

आज जारी गरिएकाे सूचनामा राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनको लागि कसलाई भुक्तानी गरेको हो यसका बारेमा सावधानी पुर्याउन अनुराेध गरिएकाे छ ।

‘बैंकको नाम, खाता नम्बर, भुक्तानीको प्रयोजनलगायतका तथ्यहरु थाहा पाएर कारोबार गर्नुपर्ने सूचनामा लेखिएकाे छ । 

बैंक डिजिटल कारोबार गर्दा नोटको आवश्यकता नहुने र खातामा सिधै रकम भुक्तानी हुने भएकाेले कारोबार पारदर्शी र विश्वासिलो हुने जनाएकाे ५ । साथै समयको बचत हुने जनाइएकाे छ ।

हालका पछिल्ला दिनहरुमा डिजिटल कारोबार बढेसँगै जोखिम पनि रहेकाेले सचेत रहन आग्रह गरिएकाे छ ।