अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्यको घट्यो

-



     सफल आवाज    
     असाेज १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरो तथा अन्य देशहरूको मुद्राको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेकाे छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ भने घटेको छ । यूरो १ को खरिददर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६० रुपैयाँ १५ पैसा र बिक्रीदर १६० रुपैयाँ ८८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ७० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९७ रुपैयाँ २३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५ पैसा रहेको छ ।

आजको मूल्यसूची