
काठमाडाैं, १७ असाेज । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडकाे सेयर (आईपीओ)मा आवेदन दिने म्याद थप गरिएकाे छ । कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गरेकाेमा अब म्याद थपिएपछि असोज २८ गतेसम्म आवेदन दिन पाइने भएको छ।
कम्पनीले १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण खुलाउने अनुमति पाएकाे थियाे । पहिलो चरणमा दाङ्ग र रोल्पाका स्थानियका लागि १२५ रुपेयाँ प्रिमियम थपेर प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता जारी भएकाे थियो। साे समयमा स्थानियले १ लाख ३४ हजार ५२० कित्ता माग गरेका थिए ।
यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएकाहरूकाे लागि सेयर खुलाएर बाँडफाँड पनि गरिसकेकाे छ । वैदेशिक रोजगारमा गएकाहरूका लागि १२ लाख १६ हजार ५६८ कित्ता रहेकाे छ । सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता तथा कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बितरण भइसकेकाे छ।
याे दोस्रो चरणमा १०० रुपैयाँ अंकित दरमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता खुलाइएकाे हाे । यसका लागि घटीमा १० तथा बढीमा १५ लाख कित्ता माग गर्रन सकिनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




