बढ्यो सुनको भाउ, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असाेज १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ असोज । लगातार घट्दै आएको सुनको भाउ आज भने उकालो लागेको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाकाे १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । मंगलबार छापावाल सुन तोलाको १ लाख १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको चाँदी मंगलबारकै भाउ तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।