नेप्सेमा ९.२४ अंकको बृद्धि, १ अर्ब १८ करोडको कारोबार

-



     सफल आवाज    
     असाेज १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ असोज । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.२४ अंकले बढेर १९६७.९७ विन्दुमा चढेको छ । नेप्सेमा ०.४७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५१ अंकले बढेर ३७४.९० विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये १२ वटामा हरियो लागेको छ । एउटामा रातो लागेको छ । यसदिन कुल २८४ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ४३ लाख २३ हजार २१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १८ करोड ९९ लाख ३१ हजार ३८५ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ६ करोड ९३ लाख ६३ हजार १२२ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै मध्ये भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १०.०० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.६१

प्रतिशतले घटेको छ ।