
कठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेनाकाे कारण विश्व मानवजाती र अर्थतन्त्रमा पारेको असरबाट मुक्त हुन साझा प्रयास आवश्यक भएकाे बताएका छन् । उनले काेभिड १९ ले असर पुयार्एकाे समग्र अर्थतन्त्रलाई माथि उकास्न साझा लडाँईले मात्रै संभव हुने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाको आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको लडाई जारिरहेको र सरकारले हरसंभव नियन्त्रणका प्रयास गरिरहेको बताए । प्रधानमन्त्री ओलीले भने, कोभिड १९ बाट उत्पन्न समस्या समाधान सरकार एक्लैले मात्रै हुँदैन तर सबैको साझा प्रयासबाट यसबाट पार पाउन सकिन्छ ।
खुसिको कुरा पनि आएको छ । प्रधानमन्त्री ओलीले भने, कोरोना विरुद्धका खोपहरु बनिसकेका छन्, उनले भने अब ति खाेपकाे प्रयोगबाट मानवजातिलाई काेराेना भाइरसकाे संक्रमणबाट मुक्त गराउने विश्वास बढेको छ ।
नेपालमा विकासको प्रचुर संभावना बाँकी नै छ । यसका लागि हामीलाई तिब्र गतिको विकासका चाहिएको छ । प्रधानमन्त्री ओलीले भने, तिब्र गतिको विकासमा नीजि क्षेत्रको सहकार्य अति आवश्यक हुन्छ । कोरोना भाइरसको महामारीको कारण अर्थतन्त्रमा ह्रास आएको बेलामा निजी क्षेत्रसंगको सहकार्य महत्वपूर्ण रहेको छ ।
गत वर्ष आर्थिक वृद्धिदर ८.५ प्रक्षेपण गरिएकोमा यो पटक हामीलाई कोरोनाले लगभग सून्यमा झारे छ । यो बेला सरकारले आफ्नो गच्छे अनुसार काम गरिरहेको दावि गर्दै उनले भने, अझैं अगाडी बढ्नका लागि निजी क्षेत्रसंग हातेमालो गरेर जान चाहेको र सहयोग हात अघि बढाएको बताए । उनले भने, यसो गरियो भने अर्थतन्त्र बलियो हुन्छ ।
सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहको छ । प्रधानमन्त्री ओलीले भने निजी क्षेत्रले झन् एक कदम अगाडी बढेर काम गरिरहेको छ । नयाँ नयाँ काराबारका क्षेत्र पत्ता लगाउने, लगानी गर्ने, इनोभेटिभ काम गरेको पाएको छु, उप्रधानमन्त्री ओलीले भने, निजी क्षेत्रबाट युवाको सक्रिय सहभागिता भएकोमा खुसि व्यक्त गरे ।
नेपालमा उद्योग व्यावसायीक क्षेत्रको नेतृत्व गर्दै ५४ वर्षमा आउनु ठूलो सफलता हो । प्रधानमन्त्री ओलीले भने, इतिहासमै पहिलो पटक महिला नेतृत्वको पाएर सफल कार्यकाल सकेर नेतृत्व हस्तान्तरणको चरणमा आएकोमा वधाई दिए । उनले भने, तपाँईहरुलाई वधाई छ । मलाई विश्वास छ, समृद्ध नेपाल सुखि नेपालीको सरकारले लिएको अभियानमा संगसंगै अगाडी बढौं ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



