बढ्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कति ?

-



     सफल आवाज    
     असाेज १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरो तथा अन्य देशहरूको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ पनि बढेको छ । यूरो १ को खरिददर १३९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४० रुपैयाँ ४५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रुपैयाँ १० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा रहेको छ ।

आजको मूल्यसूची