कार्तिक १० देखि आईपीओ जारी गर्दै नेपाल वेयरहाउजिङ्ग

-



     सफल आवाज    
     असाेज १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ असाेज । नेपाल वेयरहाउजिङ्ग कम्पनीले कार्तिक १० गतदेखि सेयर (आईपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीका अनुसार जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १३ लाख ७५ हजार कित्ता निष्काशनकाे लिइएकाे थियो।

पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुकाे लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर जारी हुनेछ ।

२७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ। ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सर्वसाधारणका लागि खुलाइने भएकाे हाे ।

इच्छुक लगानीकर्ताले सेयर घटीमा न्यूनतम १० कित्ता र बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीहरुले कार्तिक २४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

सेयर भर्न चाहने सेयर लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन् । यस्तै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।