प्रि ओपन सेसन : नेप्सेमा ६.८७ अंककाे बृद्धि

-



     सफल आवाज    
     असाेज २१ गते २०८० मा प्रकाशित



काठमाडाैं, २१ असाेज । आज साताको सेयर काराेबार हुने पहिलो दिन हाे । सेयर बजारकाे आइतबारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.८७ अंकले बढेकाे छ ।

अघिल्लो कारोबार भएकाे दिन गएकाे बिहीबार नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६.९२ विन्दुमा पुगेर बजार बन्द भएको थियाे । यसदिनकाे प्रि ओपन सेसनमा नेप्सेमा ६.८७ अंकले बढेर १९६३.८० विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स १.३२ अंकले बढेको छ।

आजकाे प्रि ओपनमा ६० वटा कम्पनीहरूकाे ५ हजार ६७७ कित्ता सेयरकाे खरिदबिक्री भएकाे छ । यसबाट १९ लाख १३ हजार ७३४ रुपैयाँ बराबरको काराेबार भएकाे छ ।

नेप्सेका अनुसार ३० वटा कम्पनीहरूकाे सेयरमूल्य बढेको छ । २३ वटाकाे सेयरमूल्य घटेको छ भने ३ वटा कम्पनीकाे सेयरमूल्य स्थिर देखिएकाे छ।