प्रि ओपन सेसन : नेप्सेमा १.२८ अंककाे गिरावट

-



     सफल आवाज    
     असाेज २२ गते २०८० मा प्रकाशित



काठमाडाैं, २२ असाेज । आज साेमबार साताको सेयर काराेबार हुने दोस्रो दिन हाे । सेयर बजारकाे यसदिनकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२८ अंकले घटेकाे छ। यद्यपि याे संकेत बजार बन्द हुँदाकाे अन्तिम समयमा भने सकारात्मक हुने संभावना उत्तिकै हुन्छ ।

यसअघि आइतबार नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ विन्दुमा झरेको थियाे । आजकाे सेसनमा नेप्से १.२८ अंकले घटेर १९१९.९६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले बढेको छ।

यसदिन प्रि ओपन सेसनमा १२ वटा कम्पनीहरूकाे सेयर काराेबार भएकाे छ । उनीहरूकाे ४४१ कित्ता सेयरकाे काराेबारबाट १ लाख ३८ हजार ११४ रुपैयाँ बराबरको काराेबार भएकाे छ । एउटाकाे सेयरमूल्य बढेको छ । अन्य १० वटा कम्पनीहरूकाे सेयरमूल्य घटेको छ। एउटाकाे भने स्थिर रहेको छ।