महासङ्घको निर्वाचन गर्ने बाटो खुला

-



     सफल आवाज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित



काठमाडौ, १२ मङ्सिर : सर्वाेच्च अदालतले नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन गर्न बाटो खुला गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्वाचन रोक्न माग गर्दै दायर रिट निवेदनमाथिको सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश नं २ नम्बरका अध्यक्ष शिवशङ्कर शाहले महासङ्घको निर्वाचन अवैधानिक भएकाले निर्वाचन रोक्न माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए । गत चैतमा हुने भनिएकाे अधिवेशन कोभिडका कारण सरकारले ११ गतेदेखि गरेको लकडाउन तथा बन्दाबन्दीका कारण स्थगित भएको थियो ।