सुनको भाउमा सामान्य गिरावट, चाँदीको स्थिर

-



     सफल आवाज    
     असाेज २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ असोज । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले घटेको छ । चाँदीको भाउ शुक्रबारकै कायम गरिएको छ ।

छापावाल सुनमा यसदिन रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहि तोलाको १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ४० रुपैयाँमा नै कारोबार भएको थियो ।