उद्योग वाणिज्य महासंघ मतदान: जिल्ला नगरमा शतप्रतिशत मत खस्यो

-



     सफल आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत जिल्ला नगरतर्फको मतदान सकिएको छ । निर्वाचनमा शतप्रतिशत मत खसेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्धारित ४ बजेसम्म मतदान अवधि रहे पनि त्यसअगावै २ बजेसम्म जिल्ला नगरतर्फ कुल १ सय ५ मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले बताए ।

जिल्लानगरतर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समूहबाट दिनेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् । त्यस्तै, चन्द्रप्रसाद ढकाल समूहबाट गुणनिधि तिवारी छन् ।

उता, वस्तुगततर्फको मतदान पनि अन्तिम चरणमा पुगेको छ । कुल १ सय १ मतमध्ये करिब ८८ मत खसिसकेको बताइएको छ ।

यस्तै एशोसियटतर्फ ९ सय मतमध्ये ८ सय १३ मत खसिसकेको छ ।
मतदान समय दिउँसो ४ बजेसम्म तोकिएको छ ।