
^
काठमाडौं, १० कात्तिक । मुक्तिनाथ कृषि कम्पनीले आजबाट वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्रीमा ल्याएकाे छ ।
कम्पनीले सर्वसाधारणका लागि १४ करोड रुपैयाँ बराबरको सेयर खुलाउनका लागि सेबाेनबाट अनुमति लिएको थियो । जसकाे १० प्रतिशतले हुने १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरूकाे लागि आइपीओ खुलाएकाे हाे ।
सेयर लिन चाहने लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन पाउनेछन् । यसका लागि घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सकिने मुक्तिनाथ कृषि कम्पनीले जनाएकाे छ।
सेयरमा लगानीका लागि लगानीकर्ताले सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेराे सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




