
काठमाडौं, १२ कात्तिक । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि एफपीओ खुलाउने भएको छ। संस्थाले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्नका लागि एफपीओ ल्याउन लागेको हो।
उन्नति सहकार्य लघुवित्त साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएर बनेकाे पश्चात बनेको संस्था हाे । यसकाे पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेकोमा पूँजी संरचना ऐन अनुसार कायम गर्नका लागि एफपीओ खुलाउन लागिएको हो।
लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता हकप्रद सेयर जारी गर्न लागेकाे हाे । यसका लागि लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन मिति ताेकिएकाे छ । ताेकिएकाे अवधिसम्म पूरा आवेदन नपरेमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले एफपीओमा घटीमा १० कित्ता र बढीमा १ हजार कित्ताका लाग आवेदन दिन सक्नेछन्।
सेयर भर्न चाहने लगानीकर्ताले सेबाेनबाट स्वीकृती प्राप्त गरेका सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउने भएका छन्।
उन्नति सहकार्य लघुवित्तकाे मुख्य कार्यालय सिद्धार्थनगर नगरपालिका वडा नं. १२ भैरहवा, रुपन्देहीमा रहेको छ। यसका २८ जिल्लामा ८२ शाखा कार्यालयहरु छन्।
चुक्ता पूँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा रहेको लघुवित्तको एफपीओ बिक्रीपछि चुक्ता पूँजी २४ करोड ६८ लाख ६५ हजार ७३६ रुपैयाँ ३२ पैसा पुग्ने भएकाे छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




