आज अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     कार्तिक १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य केहि देशहरूको मुद्राको भाउ पनि बढेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ५८ पैसा र बिक्रीदर १४१ रुपैयाँ २१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३९ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसा रहेको छ ।

आजको मूल्यसूचीः