बैंकर्स संघकाे आयाेजनामा एसिया स्तरीय बैंकिङ सम्मेलन हुदैं

-



     सफल आवाज    
     कार्तिक २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० कात्तिक । काठमाडौंमा एसिया स्तरीय बैंकिङ सम्मेलन हुने भएको छ । बैंकर्स संघकाे आयाेजनामा आगामी बिहीबारदेखि हुने उक्त सम्मेलन २ दिनसम्म चल्ने बताइएकाे छ।

सम्मेलनमा एशियाली क्षेत्रकाे बैंकिङकाे वर्तमान अवस्था र आगामी बाटाे लगायतका विषयमा छलफल हुने बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन ।

अध्यक्ष केसीका अनुसार एसिया स्तरीय बैंकिङ सम्मेलनमा २५ देशका बैकका प्रमुख तथा प्रतिनिधिकाे सहभागीता हुनेछ । हालसम्म विभित्र देशका ७० जना बैंकर्सले सहभागीता जनाउने प्रतिवद्धता जनाएको बताइएकाे छ ।