
काठमाडौं, २४ कार्तिक । नेपाल चेम्बर अफ कमर्सले बौद्धिक सम्पत्ति संरक्षण सम्वन्धमा युवा उद्यमी एवं व्यवसायीलाई प्रशिक्षण दिएको छ । बौद्धिक सम्पत्तिको संरक्षण एवं अन्तराष्ट्रिय अभ्यासबारे युवा उद्यमीलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको चेम्बरले जनाएकाे छ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहिबार आयोजना गरिएको प्रशिक्षणमा करिव ३ दर्जन युवा उद्यमीले सहभागिता जनाएका थिए ।
बौद्धिक सम्पत्ति संरक्षण समाजका कार्यबहाक अध्यक्ष विशु कुमार केसीले नेपालमा बौद्धिक सम्पत्ति संरक्षणको अवस्था, अन्तराष्ट्रिय अभ्यास लगायतका विषयमा युवा उद्यमीहरुलाई प्रशिक्षण दिएका थिए ।
बौद्धिक सम्पत्तिका धनीको कानूनी व्यवस्था, राज्यले दिने अधिकारलाई स्थापित गराउन युवा उद्यमीहरुलाई प्रशिक्षण दिईएको अध्यक्ष राजेन्द्र मल्लले बताए।
बौद्धिक सम्पत्तिको अधिकारबारे उद्योग व्यवसायी, सरकारी निकायका सरोकारवाला पदाधिकारी, सञ्चार माध्यम सवै सचेत हुनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहयोग गर्नका लागि बौद्धिक सम्पत्तिको अवधारणा आएको हो । नेपालमा वि.सं १९९३ साल देखि नै पेटेन्ट, डिजाईन र ट्रेडमार्क कानून प्रचलनमा आएको हो । नेपाल चेम्बर अफ कमर्सले पनि बौद्धिक सम्पत्ति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




