आईतबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     मंसिर ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचँदीको भाउ स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेर सुनचाँदी शुक्रबारकै भाउमा खरिदबिक्री भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउमा यसदिन कुनै परिवर्तन नभई शुक्रबारकै भाउ तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहि तोलाको १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन तोलाको १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा पनि परिवर्तन भएको छैन । चाँदीको भाउ स्थिर रहेर तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।