सोमबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     मंसिर ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार आज नेपाली बजारमा सुनकाे भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले बढेको छ । चाँदीको भाउ आईतबारकै कायम गरिएको छ ।

छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको चाउ आज स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदीको भाउ आईतबारकै कायम भई तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पिनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।