
काठमाडाैं, ६ मंसिर । सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि बुक बिल्डिङ्ग प्रक्रियाबाट पहिलोपटक सेयर (आइपीओ) खुलाएकाे छ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर खुलाएकाे हाे ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग प्रक्रियाबाट जारि गर्ने अनुमति लिएकाे थियो। यसमा २४ लाख कित्ताकाे शुरु बिक्री मूल्य सीमा ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरिएको छ।
कम्पनीले परिमार्जित बिक्री मूल्यको सीमामा रहेर बोलकबोलबाट सेयर बिक्री गर्न लागेको जनाएकाे छ । यसका लागि लगानीकर्ताले मंसिर १० गतेसम्म बोलकबोल पेश गर्न सक्नेछन् ।
सर्वोत्तम सिमेन्टको उद्योग नवलपरासीकाे सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा रहेको छ। यसले ०७१ फागुन १ गतेदेखि सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ। यसकाे प्रतिदिन उत्पादन क्षमता ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।
कम्पनीको कुल लागत ११ अर्ब ८७ करोड १ लाख १४ हजार ७०७ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सार्वजिनक भएकाे वित्तीय विवरणका अनुसार निर्माण अवधिको ब्याजसहित कुल लागत १२ अर्ब ७९ करोड ५७ लाख ६० हजार २६३ रुपैयाँ रहेको छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यसकाे सहायक निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




