सुनको भाउ उकालो लाग्दै, चाँदीको स्थिर

-



     सफल आवाज    
     मंसिर ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ मंसिर । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले बढेको जनाएको छ । चाँदीको भाउ मंगलबारकै कायम गरिएको छ ।

छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउ स्थिर रहेको छ । चाँदीको भाउ स्थिर रहि तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा नै कारोबार भएको थियो ।