नेप्सेमा २०.६७ अंकको बृद्धि, १ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     मंसिर ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ मंसिर । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । एउटा बाहेक बाँकी सबै उपसमूहहरुमा हरियाली छाएको छ ।

नेप्सेमा आएको सुधारको यो संकेत सुखद् रहेको लगानीकर्ताहरुले बताएका छन्। यहि समयमा सरकारले अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर सरकारी तथा नीजि क्षेत्रसंग छलफल गरेको छ भने बैंकहरुले ब्याजदरलाई केहि हेरफेर गर्दैछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.१५ अंकले बढेर ३५४.२१ विन्दुमा रहेको छ ।

यसदिन एउटा उपसमूहमा रातो लागेको छ । बाँकी १२ वटै उपमूहहरुमा हरियो लागेको छ । कुल २९४ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ४२ लाख १३ हजार २८५ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँ ५९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको १० करोड ७६ लाख ३ हजार ९८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.१५ प्रतिशतले घटेको छ ।