बिहिबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

-



     सफल आवाज    
     मंसिर ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ भने रुपैयाँ १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ बुधबारकै कायम भई कारोबार भईरहेको छ । छापावाल सुन तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहि तोलाको १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बुधबार पनि तेजाबी सुन तोलाको १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।