काठमाडौं, ७ मंसिर । साताको सेयर कारोबार हुने आज बिहिबार अन्तिम दिन हो । यसदिन नेप्से सकारात्मक लयमा देखिएको छ । नेप्सेमा देखिएकाे सकारात्मक पिरवर्तनले लगानीकर्ताहरूकाे मनाेबल बढेकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.७६ अंकले बढेर ३५६.९८ विन्दुमा पुगेको छ ।
१३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी १० वटा उपसमूहहरुमा हरियो लागेको छ । कुल २९२ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ४४ लाख २० हजार ५१८ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकको १३ करोड १० लाख ७६ हजार १०५ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नबिल बैंक लिमिटेडो सेयरमूल्य घटेको छ । बैंकको सेयरमूल्य ८.२० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




