अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     मंसिर ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ७२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ २६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७० पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९९ सय रुपैयाँ ७६ पैसा रहेको छ ।

आजको मूल्यसूचीः