नेपाल वेयरहाउजिङ्गकाे आईपीओ आजदेखि खुल्ला

-



     सफल आवाज    
     मंसिर १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० मंसिर । नेपाल वेयरहाउजिङ्ग कम्पनीले मंसिर १० गते आजदेखि सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन तथा बिक्रीमा ल्याएकाे छ ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर जारि गरि बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे हाे ।

कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर खुलाउने स्वीकृति लिएकाे थियाे । पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुकाे लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता बाँडफाँड भइसकेकाे छ।

यस्तै २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ।

सेयर भर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ताका लागि आवेदन दिन पाउने छन् । बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । सेयरमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकएकाे अवधिसम्म पूरा आवेदन नपरेमा मंसिर २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

सेयर लगानीकर्ताले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेराे शेयर अनलाईनबाट पनि आवेदन दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।