
काठमाडाैं, ११ मंसिर । केन्द्रीय बैंक यतिबेला मौद्रिक नीतिको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षाको लागि तयारी गरिरहेकाे छ। बैंकले यही हप्तामा समिक्षा गर्ने तयारी सुरू गरेकाे हाे ।
गएकाे आर्थिक वर्षमा मंसिर ११ गते आजकै दिन मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक भएकाे थियो। याे वर्ष चाडपर्वकाे कारण मौद्रिक नीतिको समीक्षा गर्न ढिलाे भएकाे हाे ।
बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका लागि अन्तर निकायहरूमा छलफल गरिसकेकाेले अब यसकाे उच्च व्यवस्थापनकाे स्तरमा छलफल गरिरहेकाे छ । साे छलफलबाट आउने निचाेडहरूलाई बैंक सञ्चालक समितिले अनुमाेदन गरेपछि समीक्षा सार्वजनिक हुनेछ।
मौद्रिक नीतिको समीक्षा आउनु पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा कसरी सुधार ल्याउन सकिन्छ भनेर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा नीजि क्षेत्रका अगुवाहरूसंग छलफल गरिसकेका छन् । यसले मौद्रिक नीतिको समीक्षा लचक हुने अपेक्षा गरिएकाे छ।
यसअघि अर्थमन्त्रालयको दवावले शेयर धितो कर्जा, घरजग्गा कर्जालगायतका क्षेत्रका समस्याा बारेमा केही लचकता अपनाइएकाे थियाे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




