सुनको भाउ बढ्दै, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     मंसिर १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ मंसिर । सुनको भाउ उकालो लाग्ने क्रम रोकिएको छैन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

यसदिन सुनको भाउमा रुपैयाँ ३ सयले बृद्धि भएको छ । चाँदीको भाउ सोमबारकै कायम गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउ स्थिर रहि कारोबार भईरहेको छ । चाँदी तोलाको १ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भईरहेको छ । मंगलबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।