
कठमाडौं, १३ मंसिर । सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च विन्दु कायम भएको हो । छापावाल सुनमा रुपैयाँ १६ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १६ सयले बढेर तोलाको रुपैयाँ १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा पनि रुपैयाँ २० ले बढेर तोलाको १ हजार ५ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




