
काठमाडौं, २० मंसिर । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा झिनो अंकको बृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेर ३५०.७० विन्दुमा रहेको छ ।
यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । ८ वटामा हरियो लागेको छ । कुल २९३ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३७ लाख ५५ हजार १२४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँ ७८ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ७ करोड ३४ लाख ४९ हजार १७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिंगटी हाइड्रोपावर इनर्जि लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.१३ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




