कारोबार हुने अन्तिम दिन सुनको भाउ बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     मंसिर २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ मंसिर । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले बढेको जानकारी दिएको छ । चाँदीको भाउ भने बिहिबारकै कायम भई कारोबार भईरहेको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको चाँदी तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ६० रुपैयाँमा नै कारोबार भएको थियो ।