
काठमाडाैं, २४ मंसिर । पाल हाइड्रो डेभलोपर्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाकाे आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि दुबैले मंसिर २५ गते भाेलि बुकक्लोज गर्ने जनाएका छन्।
बुकक्लोजकाे मिति तय भइसकेकाेले सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधीनहरूले मात्रै साधारणा सभामा भाग लिन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न याेग्य हुनेछन्।
नेपाल हाइड्रो डेभलोपर्सले पुस १२ गते लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा १७औँ वार्षिक साधारण सभा बाेलाएकाे छ ।सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।
सभाबाट २ करोड ३५ लाख १४ हजार ८५५ रुपैयाँबराबरको बोनस तथा कर प्रयोजनका लागि ०.३७ प्रतिशतले हुने १२ लाख ३७ हजार ६२३ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ । साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अख्तयारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरू रहेका छन् ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाकाे छैठौँ साधारण सभा पुस ६ गते, गोर्खा होटल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२ मा डाकिएकाे छ । सभा बिहान ९ बजे बाेलाइएकाे छ ।
सभाबाट १५ प्रतिशत नगद लाभांश वितरणाकाे प्रस्ताव पारित हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने, संस्थापक समूहबाट एक सञ्चालक चयन गर्ने, लेखापरीक्षककाे नियुक्ति रर पारिश्रमिक ताेक्ने लगायतका प्रस्ताव छलफलपछि पारित गरिने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




