नेप्से १५.४० अंकले घट्याे, ४ अर्ब ८४ करोडको कारोबार

- कारोबारमा सोनापुर मिनरल्स एण्ड आयल अब्बल

-



     सफल आवाज    
     मंसिर २५ गते २०८० मा प्रकाशित




काठमाडौं, २५ मंसिर । अघिल्लो दिन आईतबार उछाल आएको सेयर बजार एकदिन बढी टिक्न सकेन। साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । अघिल्लो दिन १११ अंकले उकालो लागेको सेयर बजार यसदिन १५.४० अंकले ओरालो लाग्दा लगानीकर्ताको मनोबल घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ विन्दुमा झरेको छ । नेप्सेमा ०.७८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.३३ अंकले घटेर ३६९.४१ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । कुल ३०३ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँ ८४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको २५ करोड १५ लाख ६० हजार ६०७ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ७.१५ प्रतिशतले घटेको छ ।