आर्थिक मन्दीले पर्साका १ सय ७७ उद्योग बन्द

-



     सफल आवाज    
     मंसिर २७ गते २०८० मा प्रकाशित



वीरगञ्ज २७ मङ्सिर। आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९-८० मा १ सय ७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९-८० मा १ सय ७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८-७९ मा पर्सामा १ सय ५२ उद्योगले लगत कट्टा गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए।

घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९-८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आव २०७८÷८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए ।

आव २०७९÷८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ ।

आर्थिकवबर्ष २०७९÷८० मा रु. एक करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो । उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताएका छन।