हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न बुद्धभूमि हाइड्रोले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     मंसिर २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ मंसिर । बुद्धभूमि नेपाल हाइड्रोपावरले पुस २० गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते बुक क्लोज गर्ने बताएकाे छ । सभामा भाग लिनका लागि सेयरलगानीकर्ताहरूले पुस ५ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ।

हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि गरिएकाे प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे । साधारण सभा अम्रपाली ब्यांकेट, थिरबम सडक, भाटभटेनी काठमाडौंमा पूर्वान्ह ११ बजेदेखि डाकिएकाे छ । 

कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने भएकाे छ । सभाका लागि पनि याे एजेण्डा समावेस नहुने भएकाे छ । साधारणा सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाब, वित्तीय अवस्था लगायतका विषयमा छलफल हुने भएकाे छ । यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू रहेका छन् । 

सभाबाट कम्पनीकाे १५० प्रतिशत हकप्रद सेयर निष्कासनकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ । कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ ४० करोड रहेको छ ।  हकप्रद सेयर जारी भएपछि यसकाे आकार रूपैयाँ १ अर्ब पुग्नेछ ।