सुन एकैदिन २ हजार ८ सयले बढ्याे, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     मंसिर २८ गते २०८० मा प्रकाशित



काठमाडाैं, २८ मंसिर । सुनको भाउ एकैदिन २ हजार ८ सयले बढेको छ । सुनसँगै चाँदीको भाउ पनि बढेको छ ।

याे दिन साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन हो । यसदिन नेपाली बजारमा सुनचाँदीको भाउ रूपैयाँ २ हजार ८ सयले बढको र चाँदी रूपैयाँ ५५ ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनमा रूपैयाँ २ हजार ८ सयले बढेर तोलाको १ लाख १८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १६ हजार रूपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रूपैयाँ २ हजार ८ सयले बढेर तोलाको १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १५ हजार ४ सय ५० रूपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रूपैयाँ ५५ ले बढेर तोलाको १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।