
काठमाडौं, २९ मंसिर । नबिल बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएकाे छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएकाे हाे ।
बैंकले कुल इकाईबाट १८ लाख इकाई बैंकले व्यक्तिगत रूपमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएकाे छ । त्यसमा बाँकी रहने १२ लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् ।
सर्वसाधारणका लागि बाँडफाँड गरिने ऋणपत्रबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि रहेकाे छ । बैंकले ७ वर्ष अवधि रहेकाे ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ बिक्रीमा ल्याएकाे हो । यसकाे वार्षिक ब्याजदर ९ प्रतिशत रहेकाे छ ।
साे ऋणपत्रमा घटीमा २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन पाइनेछ । यसका लागि पुस ३ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे अवधिससम्म माग अनुसारकाे ऋणपत्र बिक्री नभएकाे खण्डमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले ऋणपत्रमा लगानीका लागि सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्।
ऋणपत्रकाे बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेकाे छ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




