
काठमाडाैं, ३० मंसिर । मनोहरा कृषि शित भण्डार कंपनीले हेटाैडामा लगानीकर्ताहरुको भेला तथा नेपालमा कृषि सशक्तिकरण “From Soil to Success” बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा कम्पनीको जानकारी, योजना सहित कृषिको प्रयोगबाट सम्पन्नता हाँसिल गर्ने, कृषिको अपरिहार्यता, जलवायु परिवर्तनका कारणहरु, जनसंख्याको बृद्धि तथा कृषि उपज उत्पादनको तलमेल, माटोको संरक्षण संगै उत्पादनमा बृद्धि साथै शित भण्डारको विकासले फसल पछिको नोक्सानीलाई कसरी कम गर्न सहयोग गर्दछ भन्ने कुरामा कम्पनीका अध्यक्ष विशाल हुमागाँईले आफ्नो प्रस्तुती राखेका थिए ।
करिब १०० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वडा नं. १३का वडा अध्यक्ष पेम्बा लामाले कृषि क्षेत्रमानिजि क्षेत्र, सरकारी क्षेत्र सवै मिलेर लाग्नुपर्नेमा जोड दिएका थिए । कृषि क्षेत्रको विकासमा सरकारी अनुदारतालाई निजि क्षेत्रमार्फत परिपुर्ति गर्नुपर्ने भन्दै त्यस तर्फ अग्रसर भएकोमा मनाेहरा शित भण्डारको प्रसंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।

कम्पनीका अध्यक्ष विशाल हुमागाईले कार्यपत्र प्रस्तुत गर्दै कम्पनीको स्थापनाका लक्ष्य तथा भावी योजना एवं रणनितिका बिषयमा प्रकाश पारेका थिए । कृषिको प्रयोगबाट सम्पन्नता हाँसिल गर्ने, किसान र कृषिलाई दण्डित पेशाका रुपमा चित्रण गर्ने गरेको सोचको अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
कम्पनीले कृषि पेशा व्यवसाय सम्मानित पेशा हो र अब किसानले स्वाभिमान तथा गर्वका साथ म किसान हुँ भन्न सक्ने वातावरण यस कम्पनीले निर्माण गर्ने र किसानले उत्पादन नगरे आधारभुत मध्येको पनि अति आधारभुत आवश्यकता खानेकुराकै समस्या पर्ने भन्दै कृषिमा लगानी अबको प्राथमिकता भन्दै पहिलो चरणमा १० लाख क्षमताको शित भण्डार स्थापना गर्न पहल सुरु गरेको बताए । त्यस उद्देश्यमा सबैकाे साथ सहयोग आवश्यक रहेको समेत बताएका थिए ।

मकवानपुर जिल्ला हेटोडा उप महानगरपालिका वडा नं. १३ स्थीत भिन्टेज पार्टि प्यालेसमा सम्पन्न भएको कार्यक्रमको उद्घोष गुरु ढुंगानाले गरेका थिए । शितभण्डार कम्पनीको तर्फबाट संचालक भिम बहादुर तामाङ्गको उपस्थिति रहेको थियो ।
मनोहरा कृषि शित भण्डार कम्पनीको रणनीतिक साझेदार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेकाे छ । त्यस्तैगरी सामाजिक उत्तरदायित्व पहल SODEIN Nepal, प्रविधि साझेदार IT Service र मिडिया साझेदार सफल मिडिया हाउस प्रालिद्वारा प्रवर्धित सफल आवाज अनलाइन न्युज पाेर्टल रहेकाे छ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




