मंगलबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     पौष ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोको भउा पनि बढेको छ । यसका साथै अन्य देशको मुद्राको भाउमा पनि घटबढ भएको राष्ट्र बैंकले जनाएको को छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रिदर १३३ रुपैयाँ २० पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ १० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६२ पैसा रहेको छ ।

राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०० रुपैयाँ ३ पैसा रहेको छ । मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुनेगर्दछ ।

आजको मूल्यसूचीः