नबिल बैंककाे डिबेन्चरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ पुस । नबिल बैंकले जारी गरेकाे ३० लाख इकाई ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने भएकाे छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन पाउनेछन्।

बैंकले मंसिर २९ गते देखि प्रतिइकाई १ हजार रुपैयाँको दरकाे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रकाे बिक्रीका लागि खुल्ला गरेको थियाे ।  

यसमा बैंकले १८ लाख इकाई व्यक्तिगत रुपमा विभन्न संघसंस्थालाई बिक्री गर्ने भएकाे छ। बाँकी रहने १२ लाख इकाई सर्वसाधारणका लागि रहेकाे छ । यसबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । बैंकले ७ वर्ष अवधि रहेकाे ‘९% नबिल डिबेन्चर २०८७’ बिक्रीमा ल्याएकाे हाे । 

बैंकका अनुसार वार्षिक ९ प्रतिशत ब्याजदर दिइने भएकाे छ । लगानीकर्ताले घटीमा २५ तथा बढीमा १२ लाख इकाईसम्म आवेदन दिन पाउनेछन् ।

ऋणपत्रमा लगानीका लागि सेबाेनबाट अनुमति लिएका सीआस्वा सदस्य रहेकाबैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन पाइने ससविधा रहेकाे छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेकाे छ ।