बिहिबार अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

-



     सफल आवाज    
     पौष ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यसिदन यूरो लगायतका अन्य देशहरूको मुद्राको भाउमा केहि घटबढ भएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७८ पैसा र बिक्रिदर १३३ रुपैयाँ ३८० पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०० रुपैयाँ २ पैसा रहेको छ ।

राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०० रुपैयाँ २७ पैसा रहेको छ ।
मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः