
काठमाडौं, ५ पुस । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेपछि उकालो लागेको नेप्सेमा फेरी ब्रेक लागेको छ ।
साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको हाे । लगातार उकालो लागेको नेप्सेको सूचकांकबाट उत्साहित भएका लगानीकर्ताहरु यसदिन ओरालो झरेको नेप्सेको दृश्यले फेरी नकारात्मक लयमा फर्किएको त होईन भनि पर्ख र हेरको अवस्थामा पुगेका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० विन्दुमा झरेको छ । नेप्सेमा १.५३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.०० अंकले घटेर ३९६.६२ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये दुईवटामा मात्रै हरियो लागेको छ। बाँकी ११ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३०४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयरकाे खिरदबिक्री भएकाे छ । यसबाट ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा यसदिन पनि शिवम सिमेन्टको कारोबार धेरे भएको छ । कम्पनीको ३० करोड ६८ लाख ६० हजार ८०२ रपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सूर्योज्योती लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.४४ प्रतिशतले घटेको छ ।










पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




