अमेरिकी डलर र यूरो दुबैको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     पौष ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेकाे छ । यूरो लगायतका अन्य देशहरूको मुद्राको भाउ पनि बढेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९५ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५५ पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०० रुपैयाँ ७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४४ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्र घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्र कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः