नेप्सेले सेयरधनीहरूलाई ६४ प्रतिशत लाभांश दिने

-



     सफल आवाज    
     पौष ८ गते २०८० मा प्रकाशित



काठमाडाैं, ८ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लाभांश अनुमाेदन गर्न साधारण सभा बेालाएकाे छ । कम्पनीले सेयरधनीहरूका लागि ६४ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ ।

कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको ६४ प्रतिशतका दरले साे नगद लाभांश वितरण गर्ने भएको हाे ।

नेप्सेले यही पुस २९ गते आफ्नै कार्यालयमा ४२ औं वार्षिक साधारण सभा बोलाएको छ। उक्त साधारण सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।

सभाबाट गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत पारित गर्ने, लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरूमा छलफल गरी पारित गरिने भएकाे छ ।