राधी विद्युतकाे साधारण सभा पुस २९ गते

-



     सफल आवाज    
     पौष ८ गते २०८० मा प्रकाशित



काठमाडाैं, ८ पुस । राधी विद्युत कम्पनीले लाभांश पारित गर्न साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको हाे ।

सभा कम्पनीकाे काठमाडौंकाे त्रिपुरेश्वरमा रहेकाे कार्यालयमा बाेलाइएकाे छ । सभामा वेबिनारबाट उपस्थित हुन सकिने भएकाे कम्पनीले जनाएकाे छ । साे सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।

सभाबाट ४.७५ प्रतिशतका दरले बोनस र त्यसकाे कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांशसहित ५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरू रहेका छन् ।

साधारण सभालाइ मध्येनजर गरेर कम्पनीले १५ गते बुकक्लोज गर्ने बताएकाे छ। लाभांश पाउन र सभामा भाग लिनका लागि लगानीकर्ताले पुस १२ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।