प्रभु क्यापिटलका ग्राहकले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सबाट विशेष छुट पाउने

-



     सफल आवाज    
     पौष ८ गते २०८० मा प्रकाशित



काठमडााैं, ८ पुस । प्रभु क्यापिटलले हितग्राही ग्राहकहरूको लागि विशेष याेजना ल्याएको जनाएकाे छ ।

साे विशेष याेजनाका लागि प्रभु क्यापिटल लिमिटेड र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सबीच ३ बर्षका लागि आज एक सम्झौता पत्रमा हस्ताक्षार सम्पन्न भएकाे छ ।

सम्झौतापत्रमा क्यापिटलको तर्फबाट सिइओ आशिष गौचन र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले हस्ताक्षर गरेका छन ।

सम्झौता भएपछि अब प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सले दिने सेवामा आर्कषक छुट पाउनेछन् ।

आन्तरिक माउन्टेन फ्लाईट बुकिङमा १५ प्रतिशत र अन्तर्राष्ट्रिय फ्लाईटहरूमा १० प्रतिशत विशेष छूट दिने अफर रहेकाे छ । यस याेजनाबाट फाइदा उठाउन प्रभुका हितग्राही ग्राहकले डिम्याट खाताकाे प्रमाण पेश गर्नुपर्नेछ । यसैकाे आधारमा ग्राहकले विशेष छुट पाउनेछन् ।

प्रभु क्यापिटल मर्चेन्ट एक अग्रणी क्यापिटल हो । यसले समय सापेक्ष मर्चेन्ट सेवा दिइरहेकाे छ । अर्थबजारका बारेमा काउन्सिलिङ गर्ने तथा तालिमकाे आयाेजना गर्दै आएकाे छ ।

क्यापिटलले सामाजिक उत्तरदायित्व वहन गर्दै व्यावसायिक रूपमा ग्राहकलाई सृवा सुविधा दिदैं आएकाे छ । क्यापिटलका अनुसार हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकका देशभरका कुनैपनि शाखाहरुबाट पाइन्छ ।